लकडाउनको अवधिमा लमजुङ्ग जिल्लाको सेरोफेरो

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

बैशाख २२, लमजुङ्ग । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा विश्वका सारा देस लागिपरेको वर्तमान अवस्थामा नेपाल पनि यसबाट पछि हटेको छैन । हालसम्म विश्वमा करिब ३५७९५०० जना यस रोगबाट संक्रमित छन् भने, करिव २४८४४५ जनाको मृत्यु भइसकेको अवस्था छ ।

नेपालमा भने हालसम्म मानविय क्षति नभएपनि संक्रमितको संख्या ८४ जना पुगेको छ । सवभन्दा वढि संक्रमितको संख्या उदयपुरमा २८ जना र बाँकेमा २५ जना रहेका छन् र प्रायः तराइका जिल्लाहरुमा संक्रमितको संख्या वढि पाइएको छ । हालसम्म नेपालमा १६ जना संक्रमित व्यक्तिहरु निको भई आ आफ्नो घरतर्फ फिर्ता भइसकेको अवस्था छ । अनुसन्धानबाट के देखाउँछ भने विदेसबाट आएका मानिसहरु नै यस भाइरसबाट प्रभावित भएका छन् ।

प्रदेश नं.४ अन्तर्गत पर्ने लमजुङ्ग जिल्लामा हालसम्म यस भाइरसबाट संक्रमित व्यक्ति फेलापरेको छैन । जिल्लाका विभिन्न ठाउँहरुमा विदेसबाट आएका मानिसहरु भएतापनि हरेक नगरपालिका तथा गाउँपालिकाहरुले समयमा नै सचेत भई उक्त व्यक्तिहरुलाई निश्चित अवधिसम्म करेन्टाइनमा वस्न लगाई आ आफ्ना नागरिकहरुलाई लकडाउनको नियम पालना गर्न लगाई विभिन्न ठाउँहरुमा स्वास्थयकर्मी तथा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । यसैगरी मध्यनेपाल, सुन्दरवजार, राइनस र वेशिशहर नगरपाालिकालगाएत अन्य विभिन्न गाउँपालिकाहरुद्धारा देसका विभिन्न ठाउँहरुमा अलपत्र परेका आप्mना नागरिकहरुलाई घर फर्किनको लागि यातायात तथा सम्बन्धित ठाउँमा बसोवास गरेका व्यक्तिहरुको लागि केहि राहत सामाग्रीहरु उपलब्ध गराउने व्यबस्था गरिएको छ ।

त्यस्तै लमजुङ्ग जिल्लामा रहि विभिन्न क्षेत्रमा काम गरेका मजदुरहरु जस्तै रुकुम ,रोल्पा, सल्यान, दाङ्ग, कैलाली पर्सा सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, सोलुखुम्वु आदि जिल्लाका मानिसहरुलाई यस लकडाउनको अवधिमा लमजुङ्ग जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाको पहलमा यातायातको व्यबस्थासहित सम्बन्धित ठाउँमा पुर्याउने कार्य गरिएको छ । यसैगरी राइनास नगरपालिकाको विशेष पहलमा काठमाण्डौमा वसोवास गर्दै आइरहेका विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु “जो लकडाउनको कारणले आफ्नो गन्तव्यमा जान असमर्थ थिए ” लाई राहत वितरण गर्ने क्रममा प्रति परिवार २५ के.जि.सोना मनसुली चामल, तोरीको तेल २ लिटर, दाल ३ के.जि., नुहाउने सावुन २ गोटा, लुगा धुने सावुन ३ गोटा, चिनी १ के.जि., दालमोठ १ प्याकेट, भुजा २ प्याकेटका दरले साथै सुत्केरी महिलाहरुलाई घिउसहितको व्यवस्था गरिएको कुरा ने.क.पा.का मुख्य सचेतक देव गुरुङ्गका स्वकिय सचिव तथा विद्यार्थी युवा नेता कमल खड्काले जानकारी दिनुभयो ।

यसको साथै लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिकाले सोहि ठाउँमा बसोवास गर्दै आइरहेका अति विपन्न परिवारहरुलाई राहतस्वरुप चामल २५ के.जि., दाल २ के.जि., चिनि २ के.जि., चियापत्ति १ प्याकेट, तेल १ लिटर, नुन २ प्याकेट र सावुन २ गोटाका दरले वितरण गरिएको कुरा पुर्व ने.क.पा.एमाले लमजुङ्ग काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष नन्दबहादुर गुरुङ्गले जानकारी दिनुभयो । त्यस्तै मध्यनेपाल नगरपालिकामा पनि मेयर रमेश कुमार पाण्डे तथा उपमेयर राजकुमार श्रेष्ठको पहलमा अति विपन्न परिवारलाई राहतस्वरुप परिवार संख्या एकिन गरी प्रति परिवार १० देखि १५ के.जि.चामल, २ के.जि.दाल, १ प्याकेट नुन, १ लिटर तेल, २ गोटा नुहाउने सावुन वितरण गर्नुकासाथै लकडाउनको अवधिमा जेष्ठ नागरिकहरुको स्वास्थयलाई विशेष ख्याल गरी जेष्ठ नागरिक स्वास्थ कार्यक्रम लागू गरेनुरुप जिता, टक्सार, सुर्यपाललगाएतका वडाहरुमा सम्पन्न गरी अन्य वार्डहरुमा कार्य सुचारु भइरहेको कुरा जानकारीमा आएको छ ।

यसैनुरुप ने.क.पा.का प्रमूख सचेतक तथा लमजुङ्ग जिल्लाका माननिय सांसद देव गुरुङ्गको पहलमा लमजुङ्ग जिल्लाकोलागि स्वास्थ्यसँग सम्बन्धित पि.पि.ई. ५५ सेट, एन ९५ मास्क ८० गोटा, सर्जिकल मास्क ५०० थान, स्यानिटाइजर ३० लिटर, सर्जिकल पञ्जा २०० थान, थर्मल गन १५ गोटा आदि सामानहरु उपलब्ध गराइएको छ ।

तसर्थ अन्य जिल्लाका स्थानिय तहहरु जसरी यस रोगको विरुद्धमा रातदिन खटिएका छन् त्यसरी नै लमजुङ्ग जिल्लामा रहेका स्थानिय तहहरु पनि यस रोगको विरुद्धमा लड्नको लागि विभिन्न स्वास्थ्यसँग सम्बन्धित सामाग्रीहरुदेखि लिएर राहत बितरण गर्ने कार्य, अलपत्र परेका नागरिकहरुलाई सम्बन्धित गन्तव्यमा पुर्याउनको लागि निशुल्क यातायातको व्यबस्थाकासाथै जेष्ठ नागरिकहरुको लागि स्वास्थय कार्यक्रम लागू गर्न सक्रिय देखिएका छन् । आशा गरौं, लमजुङ्ग जिल्लाबासीहरुले यस कोरोना भाइरसको विरुद्धमा आफु सचेत भई सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, प्रशासनिक निकाय र जनप्रतिनिधिलगाएत अन्य स्वयंम सेवकहरुलाई यस कार्यमा सहयोग गरी यस रोगको विरुद्धमा अहिलेसम्मको निचोडमा विश्वको ध्यान गएको कुरा ”आफु पनि सचेत हौं, लकडाउनको ख्याल गरौं, अरुलाई पनि सचेत गराउँ स्वास्थ्यकर्मी तथा सरकारी निर्देशन पालना गरौं” भन्ने नारालाई साथ दिनु नै हुनेछ ।

प्रतिक्रिया दिनुहोस