प्रदेश १ को स्थायी राजधानी बिराटनगर

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २३, विराटनगर । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश १ को स्थायी राजधानी बिराटनगर तोकिएको छ । मोरङको औद्योगिक नगरी विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव सर्वसम्मतले पास गरेको हो ।

९३ सदस्यीय प्रदेशसभामा ६ जना अनुपस्थित रहे भने ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे । विपक्षमा कुनै मत परेन ।प्रदेशसभामा धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने सहित चार प्रस्ताव पनि दर्ता भएको थियो । तर, सत्तारुढ नेकपाका बुद्धिकुमार राजभण्डारीको प्रस्तावालाई समर्थन गर्दै सबैले प्रस्ताव फिर्ता लिएका थिए । प्रदेशको नाम भने अझ तय भएको छैन ।

प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै धरान उपमहानगरपालिकाको अगुवाइमा विराटनगरमा प्रदर्शन समेत भएको थियो । धरानवासीले सिट्ठी फुकेर प्रदेशसभा अगाडि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस