काेराेना र कृषि

Khabar24Nepal Author Logo..
दधि पाैडेल पढ्न लाग्ने समय : ३ मिनेट

हाम्रो छिमेकि मुलुक चिनकाे बुहानवाट पुस १५,२०७६ वाट महामारीको रुपमा फैलिएकाे काेभिड १९ अर्थात काेराेना भाईरसले हाल आएर बिश्व भरिनै आतंक मच्चाई रहेकाे छ।यस महामारी वाट हाम्रो देशपनि अछुतो रहन सकेन ।महामारीको यस अवस्थामा नेपाल सरकार सँग प्रयाप्त समय हुँदाहुँदै पनि सरकार माैन बस्याे ।

“२५ प्रतिसत बजेट भयाे भनेमात्र काेराेना भाईरसका कारण तहस नहस भएकाे कृषि क्षेत्रका किसानहरुलाई माथि उकासी उत्पादन बृद्दि गर्न सकिन्छ”

महामारीले चिन, दक्षिण काेरिया, ईटालि हुँदै सिंगाे युराेप र अमेरिका जस्ता बिश्वका शक्तिशाली देशहरुमा महामारी फैलिदा त्यो समयकाे नेपाल सरकारले प्रयाप्त सदुपयाेग गर्न सकेन । छिमेकी मुलुक चिन लकडाउन भएदेखि नेपाल सरकारले तदारुकताकासाथ स्वास्थ्य उपकरणहरुपनि समयमै किन्न सकेन, टेन्डर पनि दुई महिनासम्म थन्क्याएर राखेर बिना प्रतिस्पर्धा ईमर्जेन्सी खडा गरि अत्यधिक मँहगाे मुल्यमा खरिद गरियाे, पछि सर्वत्र बिराेध भएपछि खरिद प्रकृया रद्ध गरि सेनालाई किन्ने जिम्मेवारी दिईयाे । संकटकाे यस घडीमा संबिधानले ब्यवस्था गरेकाे गास, वास र कपासकाे समुचित ब्यवस्था राज्यले गर्न सकेन । जिबिकाे पार्जनकालागि छिमेकी मुलुक भारतमा राेजगारीका लागि गएका श्रमिकहरु सिमा नाकामा भाेकभाेकै अलपत्र परे भने देशभित्र रहेका गरिखाने बर्गका मानिसहरु भाेकभाेकै बस्न बाध्य भए। वालवालिका, महिला, बृद्धअबस्थाका मानिसहरु सयाैं किलाेमिटर भाेक भाेकै हिडि आफ्नाे घरमा जान बाध्य भए, सरकारनै नभएसरि ।

देशभित्रका कलकारखाना बन्द रहे । कृषि, पशुपालन क्षेत्र तहस नहस भए । देशभित्र उत्पादन भएका कृषि उपजले वजार पाएनन् बरु भारतवाट आयातित तरकारीले वजार पायाे, जस्लेगर्दा बिचाैलिया दिन दुईगुना रात चारगुना माेटाए भने सरकार बेथिति तिर लम्कदै गयाे । सरकारले संकटकाे याे घडिमा किनेका स्वास्थ्य सामाग्री कम गुणस्तरीय, अन्य राष्ट्रले अस्विकृत गरेका सामाग्री खरिद गरेकाे र महामारीको बेलामा पनि सरकार अल्पमत र बहुमतकाे खेलमा लागेकाे, सांसद खरिद बिक्रीमा सक्रिय रहि सत्ता लिप्तताकाे लहडमा लागेकाे छ । देशभित्र नागरिककाे अवस्था दिनदिनै दयनिय बन्दै गैरहेकाे छ । नागरिकहरु अझै पनि सिमा नाकामा अलपत्र छन्, बैदेसिक राेजगारिमा गएका पनि देश फर्कन चाहन्छन । कल कारखाना बन्दछन्, कृषि कार्यकालागि कृषकहरूले मल, बिउ पाईरहेका छैनन्। तसर्थ नेपाल सरकारले नेपालमा खाद्य संकट टार्नका लागि आयातमुखि भन्दा उत्पादनमूलक रणनिति तय गर्नु नितान्त जरुरि रहेकाे छ।

यस महामारीले तत्काल भन्दापनि आगामि दिनमा बिकराल अवस्था सृजना गराउने निश्चित छ । कृषि कार्यकालागि तत्काल हामीले बिउ, मल लगायत अत्यावश्यक सामाग्री उपलब्ध गराउन सकेनौं भने यस्ले पम्कै पनि उत्पादनमा ह्रास आउनेछ । महामारीको कारण थुप्रै मानिस गाँउ फर्केका छन् साथै बैदेशिक राेजगारिवाट पनि फर्कने तयारिमा रहेका छन् । महामारीको कारण मानिसकाे क्रय क्षमतामा ह्रास आउछ, उत्पादित सामाग्री कम हुन्छ जस्लेगर्दा मुल्यवृद्दि निश्चत छ । वैदेसिक राेजगार तथा सहरवाट फर्केका मानिसका कारण गाँउकाे जनसंख्या वृद्दि सुनिश्चित छ । अत: हाम्राे खाद्य संकट टार्नका लागि हाम्रो कृषि प्रणालिमा आत्मनिर्भरता बढाउनु जरुरी छ । यस्का लागि राज्यले समयमै संमयित भै चिन्तन मनन गर्न जरुरी छ । हामीलाई चाहिने कृषि उपजकाे उत्पादन बृद्दि गर्नका लागि राज्यले कम्तिमा पनि २५ प्रतिसत बजेट ल्याउन जरुरी छ । २५ प्रतिसत बजेट भयाे भनेमात्र काेराेना भाईरसका कारण तहस नहस भएकाे कृषि क्षेत्रका किसानहरुलाई माथि उकासी उत्पादन बृद्दि गर्न सकिन्छ ।

सरकारले प्रयाप्त वजेट बिनियाेजन गरेपछि मात्र तरकारी, फलफुल,दुध, कुखुरा, बाख्रा पालक किसानलाई पुन उत्थान सहितकाे राहत प्याकेज प्रदान गर्न सकिन्छ । साथै वैदेसिक राेजगारबाट फर्केका युवालाई पनि कृषिकार्यमा परिचालन गर्न सकिन्छ । कृषि कार्यका लागि सहज रुपमा मल, बिउ, कृषि सामाग्री, बिमाका साथै कृषककाे सामाजिक सुरक्षा, राहत, अनुदान, वजारकाे ब्यवस्था, कृषि उपजकाे समुचित र न्यायपुर्ण मुल्य राज्यले ताेकि बाझाे जमिन लगाएत उत्पादनका स्राेतहरुकाे समुचित परिचालन गर्नु नितान्त आवस्यक छ । नेपाल सरकारले माैसमि तथा चाँडाे उप्पादन दिने, मध्यम तथा दिर्घकालिन उत्पादन हुने गरि कृषिलाई बर्गिकरण गरि रणनैतिक याेजना बनाईलागु गर्न नितान्त आवस्यक छ, यदि समयमै यस तर्फ ध्यान नदिनेहाे भने भविष्यमा खाद्य संकट सुनिश्चित छ।

प्रतिक्रिया दिनुहोस