काठको खुट्टा “लघुकथा”

Khabar24Nepal Author Logo..
सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : ३ मिनेट

मणि कुनै कामले काठमाण्डौ पुग्यो बस पार्कमा और्लदा हवाले कसिङ्गर उडाई राखेको थियो।खोल्टिमा हेर्दारुमाल कतै खसेछ। नजिकै बाहिर निस्किँदा फुटफाटमा एउटा चटाई बिच्छाएर राखेको पसलमा मणिको नजर पुग्छ।त्यँहा रुमाल काईया,पर्स आदि थिए।

रुमाल लिने उदेश्यले त्यो पसलमा पुग्छ।बोरीमा बसेको एउटा काठको खुट्टा निकालेर नजिकै राखेको बराबरमा हाते रिक्सा उभिएको थियो।जुन रुमाल दोकानमा पच्चिस भन्थे यँहा जम्मा पन्द्र रुपियाको मिल्यो।क्वालटी दोकानको थियो वा रुमालको त्यो भने मलाई थाहा भएन।उस्ले रुमाल दीयो मणिलेले पैसा तर अलि बेर सम्म एक आर्काले हेराहेरी गर्छन उनिहरुलाई एक आर्कालाई चिनेको जस्तो लाग्छ।हजूरको घर कँहा पय्रो नी?मणिले सोध्छ।यँही त हो एक छिन अक्क-मक्क परेपछि उस्ले भन्छ।ठिकै छ भन्न चाहेन होला भन्ने ठानेर मणिले फेरी सोध्दैन।मणिले उस्लाई चीनि सकेको थियो सँग सँगै बसेको साथिको यो हाल देख्नु पर्दा मणिलाई कस्तो अपठ्यारो लागेको थियो।

केही बेला उ भालिबाल,फुटवाल लगायताका खेलमा राम्रो प्रर्दर्शन पनि गर्थ्यो।उ त्यो बेला एउटा ईमान्दार क्रमठ सामाजिक कार्याक्रता थियो।त्यो कार्याक्रमहरुमा राम्रो अभिनय गर्थ्यो सँग सँगै कार्यक्रम हरुमा हिँडेको मणिलाई भर्खरजस्तै लाग्छ।भिम ज्यू हजूरले मलाई चिन्नु भैनर?वा नचिनेको अभिनय गर्नु भयो भन्दै मणिले हजूरको यस्तो हाल कसरी भयो?भन्दै सोध्छ।यो कसरी भयो भन्ने कथा भर्खर सकिदैन,हजूर लाई म पनि बिर्षेको छैन।बरु हजूर कहिले आउँनु भयो?अनि हिँजो आज कता हुँनु हुन्छ?उस्ले प्रसङ बदल्दै भन्छ।अनि बस्न ईसारा गर्छ आफु अलिपर सर्किँदै।मणि त्यो बिच्छाएको चटाईमा बस्छ यो सोचेर उस्ले नराम्रो नसोँचुस।धेरै बर्षको भेट हुँदा उनिहरुलाई कस्तो कस्तो महेशुर्ष भयकोछ।उस्ले नजिकै को चियाको दोकानमा कति छिटो चियाको अडर दिएछ मणिलाई थाहानै भयन।एक्कासी चियालिएर एउटा सानु भाई आउँछ। साहिद मणिको चियाको बानी उस्ले बिर्षेको थिएन।चिया एउटा मणिलाई दिन्छ अर्को आफुले पिउँछ।मणिले केहि नबोली चिया पिन थाल्छ।

मणिलाई भिमको पुरानो त्यो उर्जा निडर पन र सक्रिय समाज सेवाको काम गर्ने तरिका सबै एका एक दिमाखमा आउँछन।अनि भिम ज्यु परिवारमा कति सदस्य हुँनुहुन्छ?भन्न मिल्ने भए भन्नुहोश!मणिले भिमलाई भन्छ।मणि ज्यु म जब जनयुद्ध मा हौँमिए र जङ्गलमा पसे त्यो बेला दिनौ पुलिसहरुले मेरो घरको खान तलासि गर्ने,मेरा बुढा बुढी आमा बालाई तङ्ग गर्ने गरे।मेरो श्रिमती कतै भागि,अनि एउटी छोरी लाई छाडेर आज मसँग तिनै छोरी छन उनैको लागि काम गर्छु।बाबा आमा त केहि बर्ष पहिले बित्नु भयो।अब ता छोरी अश्मिता र म मात्रैछम।मागेर खान भन्दा यसरी दोकान लगाउँछु अनि छोरीलाई डिग्रि बढउँदै छुँ!भिमले बिस्तार पूर्वक बताउँछ।भिम धेरै बर्ष पहिले एउटा सच्चा ईमान्दार देश भक्त अनि क्रान्तिकिरी थियो।आज जुन डिग्रि छोरीलाई पढाउँदैछ त्यो बुजुर्वा डिग्रिको बहिस्कार गर्ने र आफ्नो सार्टि पिकट च्यातेर फैँक्ने मध्याको उपनि हो।

एउटा शुन्दर बिचार बोकेको सामाजिक ब्याक्तिलाई छिट्टै क्रान्तिको खुमार थियो र त्यो माओँ वादीहरुले चलाएको कथित जनयुद्धमा हामफाल्यो।त्यो बेला मणिहरुले धेरै सम्झाएको हो तर उस्लाई त छिट्टै देशमा क्रान्ति गर्नु थियो।समता मुलक समाजको निर्मणा गर्नु थियो।उनिहरुले चिया पिन्छन,भिमको अबस्था यो बेला नाजुक भयको उस्को यो अबस्थाले बताएकैछ।तरपनि उस्लाई के भन्ने?मणि जी एउटा भिडन्तमा मेरो यो खुट्टामा गोली लाग्यो त्सपछि म बिहोश भयँ मलाई थाहाछैन जब मेरो होश आयो एउटा खुट्टमा पलस्तर थियो एउटा लाई काटेका थिए।जे जसो भयपनि बाँच्दा सम्मनी खान र लगाउँन पर्नेनै रैछ।हामिलाई उपयोग गरेर कयौँ अवसरबादीहरु सिखरमा पुगे।आज समानता मुलक समाजवाद तिर अन्मुख ब्यबस्था भन्दै जनतालाई झुक्काउँदै आएकाछन। हामि नयाँजनवादी क्रान्ति गर्नलाई त्यँहा गयौँ तर आज देश पुँजिवादको गुलाम बनाउँदैछन।म जस्ता लाखौँ हजारौँ क्रायाक्रता हरुले फेरी यस्तै ठोक्कर खाँदैछन।
कयौँ बेनाम कँहा गयर उनि मरेका छन।
भन्दै भिमले यो कथाको बिट मार्छ।(कथा काल्पनिक हो यस्को पात्र ठाउँ का नामहरु कतै नीजि जिवनमा मिल्न गयमा मात्र सयोग हुँनेछ।)

प्रतिक्रिया दिनुहोस