कैलालीमा भिरबाट लडेर एक किशोरीको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

भदौ २० , कैलाली । कैलालीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको महोन्याल गाउँपालिका ६ अजिङगरेकी १८ बर्षिया झरना भण्डारीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको वडाध्यक्ष टिकाराम भण्डारीले जानकारी दिए ।
शनिवार बिहान करिब ९ बजे सावा खोलामा घाँस काट्ने क्रममा चिप्लिएर उनको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस