मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौं । काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा ३ ख २३५९ नम्बरको मिनी बस तीब्र गतिका दुर्घटना भएको हो । मृत्यु हुनेको सनाखत भएको छैन भने घाइतेलाई धुलिखेल पठाइएको छ ।

काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बसमा २८ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस