नेपालगञ्ज विमानस्थलमा बुद्धएयरको जहाजमा बँदेल ठोकिँयो, यात्रुहरु सकुसल

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

मंसिर १९, बाँके ।काठमाडौंवाट उडेको बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा जंगली जनावर बँदेलसँग ठोक्किएको छ । काठमाडौँबाट नेपालगञ्ज पुगेको बुद्ध एयरको विमानमा ल्याण्ड हुँदै गरेको अवस्थामा बँदेल ठोकिएको हो ।

जहाज ल्याण्ड भएर धावनमार्गमा कुदीरहेको बेला पछाडीको चक्कामा आएर बँदेल ठोक्किएको हो । बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित शाहका अनुसार जहाजमा ठोक्किएको बँदेल मरेको छ ।

जहाज र यात्रु भने सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ । जहाज मंगलबार साँझ ६:२५ बजे नेपालगन्ज विमानस्थलमा अवतरण हुदै गर्दा बँदेल ठोक्किएको हो । बुद्ध एयरको जहाज धावनमार्गमा अवतरण भएकै बेलामा विमानस्थल नजिकै रहेको झाडीवाट दौडेर आएको बँदेल विमानको चक्कामा अचानक ठोक्किएको हो । बँदेल आएर ठोक्किएपछि जहाजमा रहेका यात्रुहरु चिच्याएका थिए ।

नेपालगञ्ज विमानस्थलको आसपासमा निकै ठूलो झाडी छ । सोही झाडीवाट धावन मार्गमा बेलाबेलमा बँदेल र दुम्सी विमानस्थलमा आउने गरेका छन् । धावन मार्ग नजिक रहेको झाडीबाट निस्किने जंगली जनावरका कारण विमानस्थलमा सुरक्षा चुनौती थपिएको छ । यसअघि धेरै पटक विमान ल्याण्ड गर्ने क्रममा जंगली जनावर रनवे आसपासमा देखिदा केहीबेर जहाजलाई आकाशमै उडाई एर्पोट सुरक्षाकर्मीहरुले जंगली जनावरलाई लखेट्ने गर्दै आएको थिए ।

प्रतिक्रिया दिनुहोस