नेत्रविक्रम चन्द समूहका युवा सङ्घका जिल्ला सचिव पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

  मंसिर , १९ काठमाडौँ । नेत्रविक्रम चन्द समूह, युवा सङ्घ बागलुङका सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

२१ वर्षीय रमेश अविरल भनिने हल सुनारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको छ भने उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस