विद्यालय व्यवस्थापन समितीले पायो पुर्णता, अध्यक्षमा युवा नेता नबिन योगी निर्वाचित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, दैलेख । पंचकोशी ज्वाला मा बि गमौडि दैलेखको बिद्यालय ब्यवस्थापन समितीको बैठक सम्पन्न भएको छ । समितीका जेष्ठ सदस्य लाल बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा सदस्य नबिन कुमार योगी र राम कुमारी थापालाई मनोनिद गर्दै अध्यक्षमा नबिन कुमार योगीलाई सर्वसम्मतीले निर्णय गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि दुल्लु नगरपालिका वडा न १० का वडा अध्यक्ष हर्क बहादुर खड्काले शैक्षिक गुणस्तर सुधारमा वडा रहेसम्म कुनै कुरामा कमि हुन नदिने प्रतिबद्धता ब्यक्त गरे । यसैगरी नव र्निवाचित अध्यक्ष योगी आफु विधार्थी संगठनका केन्द्रिय सदस्य भएकोले शिक्षा क्षेत्रमा आफुलाई काम गर्ने अवसर दिएकोमा सम्पुर्ण सरोकारवाला पक्षहरुलाई धन्यवाद दिए । उनले बैज्ञानिक शिक्षा प्रणाली अनुसार बिद्यालयलाई अगाडि बढाउने बताए ।

बिद्यालयलाई एक राम्रो शिक्षालय को रुपमा चिनाउनको लागि सम्पुर्ण सरोकार पक्षहरुलाई सकरात्मक सहयोगको अपिल गरेको बि.ब्य.स समिती सदस्य सचिब एवं प्र.अ गगन बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस