विभिन्न प्रतिवन्धित सामानहरु सहित कर्म लामा भोटे पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१,संखुवासभा । मकालु गाउँपालिका-३ स्थित भोटखोला गाउँपालिका-२ गुम्बा बस्ने ५० वर्षीय कर्म लामा भोटेलाई विभिन्न प्रतिवन्धित सामानहरु सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट बाघको पन्जा १ थान, बाघको दाह्रा ४ थान, बाघको हड्डीको टुक्रा २० थान, चाईनिज पेस्तोलमा लाग्ने गोली १ थान, जंगली जनावर थारको रौं सहितको छालाको टुक्रा १ थान, सर्पको छाला २ थान, अन्य चिन्न नसकिने छालाका टुक्राहरु प्रयोग गरिरहेको जडिबुटी औषधी १ सय ग्राम र शेर्पाले टोपीमा लगाउने गजुर १ थान प्रहरीले बरामद गरेको छ । नेपाली सेना, नेपाल प्रहरी तथा मकालु बरुण राष्ट्रिय निकुन्जको संयुक्त रुपमा खटिएको टोलीले स्याक्सिलागोलाबाट खाँदबारीतर्फ आउँदै गरेको को.१ ज ३५१६ नम्बरको बलेरो गाडी जाँच गर्ने क्रममा चालक कर्म लामा भोटेलाई उक्त सामानहरु सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका कर्म लामा भोटे लाई उक्त सामानहरू सहित आवश्यक कारवाही तथा अनुसन्धानको लागि मकालु बरुण राष्ट्रिय निकुन्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस