सार्वजनिक जग्गा मिचिएको छैन : वडा अध्यक्ष कार्की

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

जेठ २२, काठमाडौं । तारकेश्वरको केन्द्रको रुपमा रहेका धर्मस्थली महांकालको पाखोमा बाटो हालेर व्यक्तिको प्लटिङ्गलाई बाटो स्विकृत दिईएको जनगुनासो बढेको छ ।

तारकेश्वर नगरपालिका वडा नं.६ धर्मस्थलि महांकालमा हुँदै गरेको प्लटिङ्र्गमा सार्वजनिक पाखो मासेर बाटो हालिएको र सार्वजनिक जग्गामा बाटो हाल्ने कार्यको स्विकृती वडा अध्यक्षले दिएका र यसमा वडा अध्यक्षको प्रत्यक्ष संलग्नता रहेको स्थानियबासीले आरोप लगाएका छन् भने वडा अध्यक्ष मधु कार्कीले उक्त प्लटिङ्ग गर्न बाटो प्रयोजनका लागि कुनै सिफारीस नदिएको बताए साथै उहाँले सार्वजनिक जग्गा मिचिएको भएमा वडा कार्यालय पनि त्यतिकै नबस्ने बताए ।

तारकेश्वरमा जुन जग्गा विवाद विषयमा आएको समाचारमा हाम्रो टिम निरन्तर लाग्ने क्रममा वडा अध्यक्ष मधु कार्कीका अनुसार सरकारी जग्गा मिचेर कुनै पनि संरचना नबनेको बताए । सरकारी जग्गा मिचिन नदिन वडा कार्यालय लागिरहेकाले यस्तो क्रियाकलाप नभएको बताए । सो जग्गामा कुनै पनि ठाउमा जग्गा नमिचिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।

त्यसका लागि सरकारी अमिन बोलाईएको छ यदि सरकारी सम्पती दुरुपयोग भएको भए वडा कार्यालय चुप लागेर नबस्ने समेत वडा अध्यक्ष कार्कीले बताए । उनले भने केहि मान्छेहरु अनाहकमा भ्रम फैलाउन लागेका छन ।

प्रतिक्रिया दिनुहोस