ने.वि.संघ का युवा नेता गुलाधर्मिद्वारा क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई खाद्यान्न बितरण

Khabar24Nepal Author Logo..
राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २४, कैलाली । नेपाल बिद्यार्थी संघ भारतको कार्यवाहक अध्यक्ष तथा नेपाली जनसम्पर्क समिति दक्षिण भारतको क्षेत्रीय सदस्य धन बहादुर गुलाधर्मिद्वारा गोदावरी नगरपालिकामा रहेको सरस्वती माध्यमिक बिधालय सेहरीमा क्वारेन्टाइन मा रहेका ६० जनालाई खाद्यान्न बितरण गरिएको छ । कोराना भाइरस कोभिड १९ का कारण भारत बाट मजदुर गर्दै आएका क्वारेन्टाइन मा बस्दै आएका नेपाली हरु सो सामाग्री बितरण गरिएको हो ।

आफु भारतको बेंलोर मजदुर गर्दै आएका नेता गुलाधर्मि द्वारा क्वारेन्टाइन मा रहेका व्यक्तिहरुलाइ खाद्यान्न र स्वास्थ्य सामाग्री बितरण गरिएको बताइएको छ । आफु भारतमा भए पनि नेपालप्रतिको मायाले आफुलाइ नेपालीहरु लाई यो शंकटको अवस्थामा सहयोग गर्न पाउँदा निकै खुशि भएको नेता गुलाधर्मिले बताए।

प्रतिक्रिया दिनुहोस