जेठ २४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नन्त्रालयको नियमित पत्रकार सममेलनमा दिएको जानकारी अनुसार योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३३१५ पुगेको छ ।
मन्त्रालयका अनुसार शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् । साथै कोरोनाका कारण १२ को मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस