उपत्यकामा आज हुने कार्यक्रमहरु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २२, काठमाडौं । उपत्यकामा आज निम्नानुसार कार्यक्रम हुने जानकारी खबर 24 नेपाललाई प्राप्त भएको छ ।

१.मदन भण्डारी पाउण्डेसन नगर समिति कीर्तिपुरले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क.पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रीकरण बिषयक विचार गोष्ठी कार्यक्रम गर्ने ।
स्थान:-बाघभैरब बैंक्वेट,नगाउँ(कीर्तिपुर)
समय:-७:३० बजे ।

२.जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितीको वैठक बस्ने ।
स्थान:-तुल्सीलाल स्मृति प्रतिस्ठान,च्यासल ।
समय:-११:०० बजे ।

३.नेकपा (क्रान्तिकारी माअाेबादी) ३ नं. प्रदेश,देशभक्त जनगणतान्त्रिक माेर्चा ३ नं. प्रदेश र सम्पुर्ण जवस माेर्चा ३ नं. प्रदेशकाे संयुक्त अायाेजनामा सिमा अतिक्रमण,काेभिड १९ काे उपचारमा भएको सरकारी उदाशिनता,भ्रष्टचार,रुकुम हत्याकाण्ड,सुकुम्बासी बस्तीमा भएको अागजनी,न्याय क्षेत्रमा भइरहेको अपराधिकरण र शैक्षिक क्षेत्रमा माैलाएकाे नीजिकरण र माफियाकरणको बिरूद्वमा बिरोध सभा गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १३:०० बजे ।

४.ने बि संघ सानोठिमी क्याम्पस इकाई ले विभिन्न माग राखि SNE(special need education)विभागीय प्रमुख खगेन्द्र बराइलीको कार्यकक्षमा तालाबन्दी गरेको र स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान:-सानोठिमी क्याम्पस ।
समय:-२०७७/०४/७ गते देखि जारी ।

५.covid-19 enough is enough group का अभियानता इसान अधिकारी (ई) सरकारले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि वसन्तपुर डबलीमा २०७७/०४/०३ गतेको १२:३० बजे देखि खुल्ला सत्याग्रह बसेको स्वास्थ्यमा समस्या आएपछी मिति २०७७/०४/१९ गते ९:३० बजे ह्याम्स हस्पिटलमा लगेको सत्याग्रह जारी ।

६.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

७.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :-देशभर ।
समय : नखुलेको ।

प्रतिक्रिया दिनुहोस