कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता खोइ सरकार?

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २२,  काठमाडौं । सडकमा जनताको सुरक्षाको लागि परिचालन गरिएका ट्राफिक प्रहरी, शसस्त्र तथा अन्य अत्यावयक सेवामा खटिरहेका कर्मचारीहरु यो महामारीबाट सुरक्षित छन त ?  उनीहरुको सुरक्षाको लागि आवश्यक पर्ने प्रोटेक्टिभ पोसाक, माक्स , चस्मा, ग्लोभस् तथा जुत्ताको व्यवस्था सरकारले गरेको छ त ? आफ्नो परिवार समेत भेट्न नपाई सडकमा प्रहरीहरु दिनरात नभनी कोरोना बिरुद्ध उचित सुरक्षा सामाग्री बेगर जनताको सुरक्षाको लागि खटिइ रहनु परेको छ। फलतस् करिब ५०० सुरक्षाकर्मीहरु कोरोनाबाट संक्रमित भैसकेको अवस्था छ ।

बिडम्बना भनौ वा उपेक्षा सरकारले सुरक्षाकर्मीहरुलाई उपलब्ध गराउने भनेको थप भत्ता त के कुरा खाजा खर्च स्वरुप दैनिक ३०० दिने भनी निर्णय भएको पनि पाँच महिना बितिसक्दा पनि ती आश्वासन कागजी निर्णयमा मात्र सिमित भैदिँदा पनि २४ घण्टा डिउटीमा खटिने सुरक्षाकर्मीले संक्रमण रोक्ने दायित्वलाई Front-lineउभीई जिम्मेवारी वहन गरीनै रहे । यी यावत उदासिनताले सडकमा खटेका प्रहरीको मनोबल कस्तो भैरहेको होला रु एकातर्फ संक्रमणको उतिकै जोखिम बहन गर्ने स्वास्थ्यकर्मीहरुलाई सरकारले शत प्रतिशत भत्ता निर्णय गरेको केहि दिनमै उपलब्ध गराएको थियो साथै स्वास्थ्य सामाग्री पनि यथेष्ट उपलब्ध गराइरहेको छ। परिणाम स्वरुप स्वास्थकर्मी ठूलो मात्रामा संक्रमित हुन पाएका छैनन् तर सुरक्षाकर्मीले त्यो खुशी साट्ने मौका पाएका छैनन् । सुरक्षाकर्मीको पक्षमा आवाज उठाउने कोही नभएर नै हो रु वा सरकारले सुरक्षाको गाम्भिर्यतालाई नबुझेको हो रु सुरक्षाकर्मी बिना समाजमा शान्ति,सुरक्षा र अमनचयन कायम गर्न के हामी परिकल्पना गर्न सक्छौ त रु प्रहरीले त समाज र समाजको तत्वहरुलाई समुदाय(प्रहरी साझेदारी मार्फत् आत्मसाथ गरिसकेको अवस्थामा के हामीले प्रहरी मेरो साथी भनी कहिल्यै मनन् गरेका छौ रु आत्मसाथ गरेका छौं रु सरोकारवाला निकायको बेलैमा ध्यानाकर्षण होस।अहिले पनि सडकमा ट्राफिक प्रहरी तथा शसस्त्रका जवानहरु साधारण मास्कको भरमा देशका विभिन्न ठाँउमा परिचालित भएका छन् । सर्वसाधरण जनताको सुरक्षाका लागि जुटेका ती सरकारी कर्मचारीको सुरक्षा गर्नु सरकारको दायित्व हो ।

उपत्यका सहित देशभरका सडकमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सरकारको आदेशको अवज्ञा गरी बाहिर हिडिहेका नागरिकलाई सम्झाई घर पठाउने काम समेत गरिरहेका छन् । तर सडकमा जनताको सुरक्षाको लागि परिचालन गरिएका प्रहरी, शसस्त्र तथा अन्य अत्यावयक सेवामा खटिरहेका कर्मचारीहरु यो महामारीबाट सुरक्षित छन त रु उनीहरुको सुरक्षाको लागि आवश्यक पर्ने प्रोटेक्टिभ पोसाक, माक्स , चस्मा, ग्लोभस् तथा जुत्ताको व्यवस्था सरकारले गरेको छ त रु पक्कै पनि छैन् ।

प्रतिक्रिया दिनुहोस