सेतेको सपना ! कथा

Khabar24Nepal Author Logo..
सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : ५ मिनेट

आमाँ उ त्यो ढुङ्गा छनी त्यँहा एउटा कट्मिराको स्यानो बेर्नो छ । आउँनु होसत सेते ले आफुले बोकेको डोका लाई त्यँहि बिसौनी जस्तोमा बसालेर खोल्सा तिर जान्छ । बर्षाको मौशम भएकोले सिम सिमे पानी परेको थियो । गवन खोलाको अलि माथि लेख तिर जाँदा बाट्टैमा एउटा खोल्सा जस्तोछ त्यँहा तल बाट माथी सम्म तीजुको बुटाहरु छन । बाट्टैमा भएको एउटा बुढा तीजुको वृक्षलाई कामिले काटेको तिजु भन्थे कुन्नि किन हो त्यो भने थाहा भैन । यस बारेमा कसैलाई अमिलो नलागोस त्यसैको अलि माथी खोल्सामा स साना तीजुका बुटा को माझमा दुईवटा ढुङ्गा को चपेटमा चीन र भारतको चपेटमा नेपाल परेको जस्तै परेको एउटा कट्मिराको बिरुवा थियो।

सेतेका आमा छोराले त्यो ढुङ्गा लाई हाँसी र कोदालो प्रयोग गरेर कट्मिराको त्यो रुखलाई आजाद गराउँछन । अनि लिएर कालीमाटीको बारीको कुनामा लगाउँछ सतेले, त्यसैको तल ढिकमा आमाले लगाउँनु हुँन्छ।एसरी सेते र सेतेको आमाले यो रुख ठुला-ठुला गराएर गाई भैँसीको लागी घाँस प्रसस्तै हौश भन्ने सपना देख्छन।साँचै भन्दानै केहि बर्षमानै ति रुखहरु ठुल-ठुला हुँन्छन साहिद त्यो ढुङ्गा को चपेटमा त यति बर्ष बाँच्दैनथ्यो होला । केहि वर्ष सम्म आमा र छोराले त्यो बारीमा अनावसेक रुख हरु जरै बाट ढाल्ने र राम्रा राम्रा जातका वृक्षहरु रोप्ने जोगाउँने अनि काल्नाहरु फोरेर बारी बनाउँने काम भयो । आँप आरु बेलौती आदीका बृक्ष लगाउँने गरे।आमाको भनाई थियो अहिले गरेको दुखले पछि सुख् मिल्छ् कष्ट काटे पछि मसला मिल्छ आमाका यस्ता कुराले सेतेलाई पनि उर्जा मिल्थ्यो । काम गर्दा दिन बितेको र रात भयको थाहानै हुँदैनथ्यो । मानिसहरुको आँखामा शुन्दर भविष्यको सपना भएपछि काम गर्ने जाँगर लाग्ने रैछ । कहिले दिउसो ग्वाला गएको बेला बनका तरुलहरु खनेर ल्याउँथ्यो।आमाले तरुल पोलेर धेरै भए पर उसुनेर सबैलाई दिनु हुँन्थ्यो।सबै भाई बैनाले मिलेर खान्थे । सेते त्यो बेला १२-१३ वर्षको थियो होला जो सबै भन्दा ठुलो थियो।

त्यो एक पटक लाहुरमा ११ मैना बिताएर फर्केको हो । स्यानो छँदा बाबाले भनेको कुरा कसैको डर भैन भने मान्छे बिग्रिन्छ विर्षेको छैन।घरमा सानाले ठुलाले भनेको मान्ने र सम्मान गर्ने, ठुलाले सानालाई आफुले गरेको राम्रो काम र परिणाम बताउँने, घरमा अनुसासन,र घरको गोपनेता अत्यान्तै आवस्याकता हुन्छ भनेको सेतेले अहिलेपनि विर्सेको छैन। सेतेको बाबा बितेको उ दस वर्ष पुगेर ११मा लाग्ने वित्तिकै हो।तर पनि बाबाको त्यो कथन लाई सेतेले चिनारीको रुपमा मन मष्तिकमा राख्छ। सेतेको एउटा सपना आफ्ना भाई बैना अनपड नरहुँन र कसैको हेलारी न बनुन कोइ जड्या र ज्वाडे नबनुन भन्ने थियो।त्यसैले उनिहरुलाई हमेसा आफ्नो डर देखाउँन प्रयात्न गर्थ्यो । यो ठिक थियो वा थिएन त्यो भने मुल्यांकन को विषय हो। आफु पनि ध्यायनमा प्रयात्नशिल थियो हिँड्दा पनि पाईला गन्ने,काम गर्दा पनि एबी सि डी लाई घोकने बानि सेतेको थियो।

सेतेको सपना जसरी भयपनि शिक्षित हुँने हो त्यो कँहा सम्म कामियाब भयो त्यो छुट्टै कुराहो । आमा धेरै पौरखी हुनुहुन्थ्यो । आफ्नो लोग्ने ले छोडेर गयपछि कि भनी ता पैसा भय अरुले
गर्दिन्थे नभयपछि सबै काम आफै गर्नु पर्थ्यो। दाम्ला बाट्ने,नाम्लाको बरियो बाट्ने ,किला ठोक्ने जस्ता काम आमाको लागि सामन्या थिए। आफु अलि धार्मि विचार र छुवा-छुतमा कटर भएपछि आमा लाई कहिले कसो सेतेले सम्झाउने प्रयात्न गर्थ्यो । किन भने सेतेको झुकाव भौतिकवाद तिर थियो । समाजमा भएका कुरिती कुसस्कार रुढिवादी र सामन्तवादी सैली व्यवहारको सेते बिरोधी हो।आमा छुवा छुतको कटर समर्थक छोरा छुवा छुतको कटर बिरोधी भएपनि आमा छोराको विचमा दरार आएन।दलितहरुको घरमा गयो भने एक गिलास पानी मागेर भयपनि पिएर आउथ्यो । ताकि उनिहरुलाई आफ्नो समिप ल्याउँन सकियोस । उनिहरुले पनि आफ्नो हैसियत बुझुन । तर योविचार शहि हुदाहुदै पनि औषधीले रियक्सल गरेको झैँ समाजलाई सदै रिएक्सल गर्थ्यो।

कहिले काँही त हेरन कति बिग्रेको बाहुँन हो दलित हरुको घरमा गएर खायो खान नपाएको बाहुँन पनि भनेको सुन्थ्यो स्वायम दलितहरुले तरपनि रिस उठेन कयौँ पल्ट हावा बिग्रेको आरोप पनि लगाए। सेते भारतमा आएपछि सामाजिक संगठनमा आबद्ध भयो।उ युवा अबस्था करिब १७ बर्षमानै संगठानको सदस्य भयर समाज सेवाको काम थाल्यो।जँहा बाट उस्लाई जातिय बिभेद गर्ने मौका ब्यापक मिल्यो ।बलराम सार्किका घरमा एकदिन सामाजिक कामले तिन जना भयर गएका थिए।सेतेले एक गिलास पानी मागेर खायो, उनिहरुले केहि नभनी एक अर्काको मुखमा हेरा हेर गर्छन।त्यँहा बाट बाहिर निस्केपछि चिन्नु भएन हामी गएको घर कस्को थियो आचार्याले मुख बिगार्दै सोध्छन । चीनेको छुँ मैलेपनि सेतेको उत्तर सुनेपछि फेरी एक आर्कालाई हेर्छन।अनि चिनेर पनी उन्ले छोएको पानी पिउनु भयो प्रधानले फेरी सोध्छन । उनि आश्चार्या भयको जस्तो लाग्छ। सेतेले बसेर छलफल गरौँला हजूर भन्दै कुराको ीवट मार्छ।

एकदिन सेते त्यो घरमा टुप्लुक्कै पुग्छ ,फेरी पनि एक गिलास पानी मागेर पिउँछ । हजूरले चिया नास्ता खानु हुँदैन मात्र पानी पिउँनु हुन्छ बली की बुढीले सोध्छिन। यस्मा पनि मेरो एउटा सपना लुकेकोछ । जातिय विभेदको अन्त्य गर्ने सेतेको जवाफले उनि खुसि हुन्छन् । एउटा कुरा भनु बुढिले सोध्छिन , भन्नुस सेतेले सुन्न आतुर हुन्छ, अस्ति आएका हरुले जांड यहि बाट मगाएर खान्छन् । साँझमा तर पानी चल्दैन। हजूरले जाँड खानु हुँन्न अनि पानी चल्छ कस्तो कस्तो लाग्छ उनले निरासजनक विचार ओर्ल्याउछिन् । होला उनिहरुले अझै त्यो सपना देख्न सकेका छैनन् होला जो मैले देख्दै आएको छु।सेतेले खिसिक्कै हाँस्दै बाहिर निस्किन्छ । यो पनि त्यहि वृक्ष जस्तै हो जो हिजो दुई ढुङ्गा को बिचमा थियो । उस्ले मनैमनमा त्यही बिचार सोचेको छ । आखिर दिउंसोमा देखेका सपनाको स्वरुप भिन्दै हुन्छ । ०६ \०८ \२०२०,

प्रतिक्रिया दिनुहोस