जेष्ठ २८, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली संगठन राष्ट्रिय युवा संघ नेपालले जनता समाजवादी पार्टी (जसपा)को तर्फवाट सांसद रहेकी सरिता गिरीलाई कडा चेतावनी दिएको छ ।
राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा तथा सहसंयोजक रमेश पौडेलद्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्तीमा सांसद गिरीले राष्ट्रियताविरुद्ध दिएको अभिव्यक्ति प्रति कडा रुपमा आपत्ती जनाउँदै नेपालको संविधान अनुसार पदमा बस्न नमिल्ने उल्लेख गरेको छ । संघले सम्बन्धीत पार्टीले तत्काल कारवाही नगरे संघले कानुनी उपचारको बाटो खोज्ने समेत चेतावनी दिएको छ ।
हेर्नुहोस विज्ञप्ती
प्रतिक्रिया दिनुहोस