विश्व जटिल अवस्थामा गुज्रिँरहेको छ : डब्लुएचओ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण संसार निकै जटिल अवस्थामा पुगेको बताएको छ । डब्लुएचओका आपतकालिन प्रमुख डा.माइकल रायनले सोमबार विश्वभर अब १० जना बराबर १ जना संक्रमित हुन सम्भावना देखिदै गएको बताएका छन् । यसको अर्थ विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ ।

डब्लुएचओले विश्वव्यापी १० मध्ये १ जनालाई कोरोनाभाइरसबाट संक्रमित भएको बताउँदै कारोनाका कारण संसार गाह्रो अवस्थामा पुगेको बताएको छ । उनका अनुसार सहरी, ग्रामीण र केही समूहमा देखिएको संक्रमणको आँकडा भने फरक–फरक हुनसक्छ । उनले सतर्कताबाट मात्र धेरैको ज्यान बचाउन सकिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस