वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिवादी पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
असार १६, काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा सर्वोच्च अदालतको २०७५ असार २६ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार प्रतिवादी पाल्पा खानीगाउँकी ५८ वर्षीया टिका कुमारी थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार व्यवसाय संचालन गर्ने ईजाजतपत्र बिना वैदेशिक रोजगारका लागि साईप्रस पठाईदिने भन्दै रकम ठगी गरी फरार रहेकी थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले महाराजगंज काठमाडौंबाट पक्राउ गरेको हो ।
थापालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानीका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस