इराकबाट तत्काल सेना फिर्ता हुँदैन : अमेरिकी रक्षामन्त्री

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

पौष, २२ एजेन्सी । अमेरिकी रक्षामन्त्री मार्क एसपरले इराकबाट अमेरिकी सेना फिर्ता गर्ने तत्कालका लागी कुनै योजना नभएको बताएका छन ।

इराक स्थित अमेरिकी सेनाको कार्यलयबाट सेना फिर्तीको संकेत गर्ने एक पत्र प्राप्त भए पछि उक्त आङ्कलन गरिएको थियो । इराकी सासंदले अमेरिकी सेना फिर्ताको माग गरे पछि “सेनालाई आगामी दिन र हप्ताहरुमा स्थानान्तरण गरिने “ उक्त पत्रमा उल्लेखित भएको बताइएको छ ।

रक्षामन्त्री एसपरले भने सेना तत्कालका फिर्ता नहुने स्पष्ट गर्न भएको छ ।

प्रतिक्रिया दिनुहोस