सुरु भयो प्युठान ग्रिल उद्योग तथा आल्मुनियम पसल,विभिन्न किसिमका छुट योजना सार्बजनिक

Khabar24Nepal Author Logo..
राम बहादुर बिश्वकर्मा पढ्न लाग्ने समय : २ मिनेट

माघ २४, दाङ्ग ।दाङको व्यापारीक नगरी नर्तिमा प्युठान ग्रिल उद्योग तथा आल्मुनियम उद्योग शुक्रबारबाट सन्चालनमा आएको छ । लमही गाउँपालिका वडा नम्बर १ स्थित नर्तिमा सन्चालनमा ल्याइएको उक्त उद्योगको उद्घाटन लमही गाउँपालिका १ का वडा अध्यक्ष नुमराज पौडेलले गर्नु भएको हो ।

पसलको उद्घघाटन पस्चात अध्यक्ष पौडेलले ग्रिल उद्योग ब्यवसायको आवस्यकता र माग प्रतिदिन बढेको हुदा सोही अनुसार ब्यवसायिहरुले थप सहज शुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आधुनिक प्रबिधि अगाल्नुको बिकल्प नरहने जानकारी समेत दिएका छन् ।उक्त पसलमा सस्तो तथा शुलभ दरमा फलाम तथा आल्मुनियम सम्बन्धि गुणस्तरीय सामानहरु पाइने उद्योगका सञ्चालक वीर बहादुर सुनारले बताए ।

बढ्दो प्रविधिको बिकास,ग्राहकको आबश्यकता र चाहाना अनुसार दाङ,प्यूठान र रोल्पा जिल्लाबासीलाई लक्षित गरी गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यका साथ उद्योगको स्थापना गरीएको सुनारको भनाई छ।

उद्योगले औपचारिक उद्घाटन गरेको अवसरमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दे विभिन्न किसिमका छुट योजना सार्बजनिक गरेको छ । छुट योजना अनुसार ग्राहकहरूले उद्योगमा सामान किन्दा हरेक उत्पादित सामानमा १० प्रतिशत छुटमा सेवा प्रदान गरिने बताइएको छ।

देश भरी सन्चालित १२ हजार भन्दा बडी ग्रील तथा स्टील उद्योग ब्यवसायले रोजगारी सगै ग्रील जन्य सामानको आयातलाइ प्रतिस्थापन गर्न ठूलो टेवा पुगेको हुदा यो ब्यवसायलाइ अझ बढि ब्यवस्थित र सक्षम बनाउन सरकारले प्रबर्द्धनात्मक कार्यक्रम ल्याउनु पर्ने उद्योगका ब्यबस्थापक राम बहादुर बि क ले बताए ।

बिदेशमा गएर पसिना बगाउनु भन्दा सीप सिकेर सीप अनुसारको जागिर नेपालमै गरि आय आर्जन गर्न सकिने हुँदा युवा लाई तालिम दिइ रोजगारका लागि सक्षम गराउने उनको भनाई थियो ।

उद्योग बाट झ्याल, ढोका सटर,रेलिङ गृल,च्यानलगेट, फेन्सी गेट,स्लाइडिङ्ग गेट, गोल भर्याङ्ग स्टिल तथा आल्मुनियम लगायतका अन्य सामाग्री निर्माण गरि बिक्री वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस