कैलाली मा बलात्कार गरेकाे आरोपमा एक जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 माघ २४, कैलाली । जिल्लाकाे घोडाघोडी नगरपालिका–१ का हरि प्रसाद डगौरा लाई १४ वर्षिया युवतीलाई बलात्कार गरेकाे आरोपमा पक्राउ गरेकाे ईलाका प्रहरी कार्यलय सुखड जनाएको छ ।

ईलाका प्रहरी कार्यलय सुखड का प्रमुख प्रहरी निरीक्षक हरिश्ररण भट्टका अनुसार , लम्कीचुहा नगरपालिका -४ कि १४ वर्षिया युवती आँखाको समस्या भएको भन्दै डगौरासंग झारफुक गर्न आउदा डगौराले नरिवल चढाउन घोडाघोडी मन्दिर जानुपर्छ भन्दै घोडाघोडी तालको जगलमा लगेर २१ गते जबर्जस्ति करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

पीडित पक्षले शुक्रबार जाहेरी दिएको बताउदै थप अनुसन्धान गरी कारबाही अगाडि बढाउनको लागि गुरुवा डगौरालाइ पक्राउ गरि शुक्रबार साझ जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक भट्टले खबर २४ नेपाल लाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस