रोल्पाका खरिदार निता शर्मा घुस सहित रङ्गेहात पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
असार १९, रोल्पा । घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका खरिदार निता शर्मालाई अख्तियारले घुस रकम सहित नियन्त्रणमा लिएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका खरिदार निता शर्माले कार्यालयले खरिद गरेको सामानको भुक्तानी प्रयोजनको लागि कमिसन बापत सेवाग्राहीसँग घुस माग गरेकि हुन । विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खरिदार निता शर्मालाई सेवाग्राहीसँग रू. ७०,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित बुटवल उपमहानगरपालिका वडा नं. २ मनकामना मन्दिर नजिकबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस