कार्यालय सहयोगी दश हजार घुस सहित अख्तियारको नियन्त्रणमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

असार २०, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ९ वडा कार्यालय, गौशालाका कार्यालय सहयोगी (तेस्रो तह) गोविन्द खड्का माथि आज अख्तियारले आरोप पत्र दायर गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ९ वडा कार्यालय, गौशालाका कार्यालय सहयोगी (तेस्रो तह) गोविन्द खड्काले सेवाग्राहीले व्यवसाय सञ्चालन गरे बापत वडा कार्यालयमा नियमानुसारको कर तिर्न जाँदा काममा आलटाल गरी कर बाहेक रू.१०,०००।– घुस लिएका हुन ।

विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले गोविन्द खड्कालाई सेवाग्राहीसँग रू.१०,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

गोविन्द खड्काले व्यवसायी कर तिर्ने काम गरिदिए बापत सेवाग्राहीसँग घुस रिसवत माग गरेको र नदिए अतिरिक्त रकम समेत निकाली दिन्छु भनी आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरी लिएको पुष्टि भएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गोविन्द खड्काको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकाले निजलाई विगो रू.१०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस