संगठित अपराध कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, भोजपुर । संगठित अपराध कसुर मुद्धाका फरार प्रतिवादी ट्याम्केमैयुङ गाउँपालिका-८ खनिया खर्क बस्ने ४० वर्षीय मादेन भन्ने मोहन राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

संगठित अपराध कसुर मुद्धामा संलग्न रहि २०७६ फागुन २ गतेबाट फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस