थप २०४ कोरोना संक्रमित, कुल संक्रमित संख्या १६ हजार १६८

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

मन्त्रालयका अनुसार उपत्यकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नेपालमा साबिकको भन्दा संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस