बुद्ध एयरको नयाँ भाडादर सार्वजनिक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २३ , काठमाडौँ । नेपालको बहुप्रतिष्ठित वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक उडानका लागि नयाँ भाडादर सार्वजनिक गरेको छ ।बुद्धले आज एक विज्ञप्ती सार्वजनिक गर्दै आन्तरिक वायुसेवा अति आवश्यक सेवा अन्तर्गत पर्ने र कोभिड–१९ महामारीको अवस्थामा पनि अति आवश्यक कारणले सर्वसाधारणहरु काठमाडौं तथा अन्यत्र आउजाउ गरिरहनु परेको अवस्थामा हवाई सेवालाई पून संचालन गरी यात्रुलाई सहजता प्रदान गर्न नयाँ दर सार्वजनिक गरेको जनाएको छ ।

बुद्धको भदौ १ देखि हुने हवाई उडानका लागि नयाँ भाडादर

जसअनुसार शुरुवाती एकतर्फि हवाई भाडादर
विराटनगर ३,०००
भैरहवा २७००
नेपालगञ्ज ४२००
पोखरा १९००
भद्रपुर ३४००
जनकपुर २७००
धनगढी ५४००

बुद्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हवाई यात्रामा हरेक यात्रुलाई पहिचान गर्न हामीले एकद्वार प्रणाली अपनाएका छौं । जसअनुसार कम्प्युटर सिस्टम पनि अपडेट गरिएको छ । यसले महामारी रोकथामको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने छौं । यसबाट राज्यलाई महामारी समुदायमा फैलिनबाट रोक्न मद्दत पुग्नेछ भने देशको अर्थतन्त्र पनि चलायमान हुनेछ ।’

प्रतिक्रिया दिनुहोस