अवकाश प्राप्त कर्मचारीको सेवासुविधा भुक्तानी अब कोलेनिकाबाट

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाडौँ । सेवाबाट अवकास प्राप्त सरकारी (निजामती, प्रहरी तथा जंगीलगायत) कर्मचारीको अवकासपछिको सेवा सुविधा भुक्तानी अब कोष तथा लेखा नियन्त्रक कार्यालयहरुबाट हुने भएको छ ।उपमहालेखा नियन्त्रक भेष प्रसाद भुर्तेलका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ बाट भने सेवाबाट अवकाश भएका सरकारी कर्मचारीको अवकाशपछिको भुक्तानी हुने उपदान, सञ्चित बिदा तथा औषधि उपचारतर्फको रकम कोष तथा लेखा नियन्त्रक कार्यालयहरुबाट हुने गरी अख्तियारी प्राप्त भएको छ ।

भुर्तेलका अनुसार अर्को व्यवस्थाप नभएसम्म कोलेनिकाहरुबाटै अवकास प्राप्त कर्मचारीले अवकाशपछिको भुक्तानी लिनु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस