अभिनेत्री कंगना रनौतलाई प्रहरी सुरक्षा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, एजेन्सी । हिमाञ्चल प्रदेशका मुख्यमन्त्री कार्यालयले उनलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ। कंगनाको बुवाले मुख्यमन्त्रीलाई पत्र लेखेर छोरीलाई सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेपछि प्रदेश सरकारले उनलाई सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार कंगनाको घरमा समेत सुरक्षाकर्मी तैनाथ गरिनेछ। अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्याको बारेमा आवाज उठाउँदैं आएकी उनी हिमाञ्चल प्रदेशमैछिन् ।

प्रतिक्रिया दिनुहोस