नगरले बनायो युवालाई बेरोजगार

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम ।

कातिक २१, इलाम । सुर्योदय नगरपालिकाको निणर्यले युवा बेरोजगार भएका छन् । नगरपालिकाले ३ पाङग्रे अटो सञ्चालन गर्ने रुट पर्मीट नभएको भन्दै आइताबारबाट प्रहरीले ८ वटा अटो फिक्कल प्रहरी चौकीमा राखेपछि युवा बेरोजगार भएका हुन् ।

यस अघि १० वटा टेम्पोको रुट पर्मीट नगरपालिकाले दिई सकेको छ । पाँच लाख भन्दा माथी कर्जा लिएर अटो खरिद गरेका युवाहरुको अटो प्रहरी लगाएर पक्राउ गरेपछि युवाहरुको स्वदेशमा गरिखाने सपना भत्किएको अटो सञ्चालक सुर्योदय नगरपालिका ९ गैरीगाउँका खुम घिमिरेले बताए ।

सुर्योदय नगरपालिका ११ माघेका रविन आचार्य ३ बर्ष कतार बसेर पसिना वगाए । उनले त्यहाँ कमाएको रकमले काम दिएन र पैसा पनि कमिएन् परिवारलाइृ पालन पोषण गर्न मात्र पुग्यो । उनी घर फर्के र बैकबाट ६ लाख कर्जा निकालेर अटो खरिद गरे । मासिक किस्तामा अटो किनेका उनले अटोलाई नगरले प्रहरी लगाएर चार दिन अघि पक्राउ गर्यो । उनी अहिले न्यायका लागि सूयोदय नगरपालिकाको ढोका कुरीरहेका छन् । अटो प्रहरीले समातिदिए पछि युवाहरुले आशा गरेका थिए नगरपालिकाले न्याय दिन्छ भनेर तर निर्णय सोचे भन्दा उल्टो भयो ।

मेयर रण बहादुर राईले अघिल्लो नगर सभाको निर्णय अनुसार रुट पर्मिट नदिने निर्णय गरेको जानकारी दिए । मंगलबार बसेको कार्यपालिकाको बैठकले तत्काललाई सडकको चाप,सागुरोपना,बाटो अब्यवस्थित सडक निमार्ण हुदै गरेको र अटोको आवश्यकता भए नभएको नागरिकसँग बुझेर मात्र सञ्चालनको स्विकृत दिन सकिने उपमेयर दुर्गा भट्टराईले बताईन् । नगरपालिकाको सुशासन समितिका संयोजक टेक बहादुर राईले मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले अटोको रुट पर्मिट नदिने निर्णय गरेको बताए ।

नगरपालिकाले रुटको अनुमति नदिएपछि उनी बाहेक सात जनाको अटो अहिले प्रहरीले पक्राउ गरेको छ । विदेशबाट फर्कीएका युवाहरुले वित्तिय संस्थाबाट ऋण लिएर सञ्चालन गरेको अटो पक्राउ गरेपछि संकटमा परेको ९ बर्ष कतार बसेर फर्केका भेषराज आचार्यले बताए । उनले स्वरोजगार बन्न स्थानीय युवाले गरेको प्रयासमा नगरपालिकाले अबरोध गरेको गुनासो गरे । सूनपा ९ बरबोटेका राम कट्टेलले स्थानीय सरकारले अनुमती नदिए आमरण अनसन बस्ने बताए ।

स्थानीय उपभोक्ताहरुले नगरको निर्णयले स्थानीयलाई प्रभावित गरेको बताए । सुर्योदय नगरपालिकाका भेषराज भट्टराईले नगरको निर्णयले नागरिकले दुख पाएको बताए । नगरको निर्णयले युवाहरुलाई विस्थापीत गरेर विदेश पठाउन प्रयास गरेको वताएका छन् । अटो पक्राउ गरेपछि युवाहरुले दैनिक पाँच हजारका दरले आय गुमाएको जनाएका छन् । उनीहरुले दैनिक एक हजार सम्म किस्ता तिर्नेगरी ऋण लिएको बताए ।

प्रतिक्रिया दिनुहोस