५० ग्राम लागु औषध सहित नेपालगन्ज भन्सारबाट एक जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

साउन ५, बाँके । ५० ग्राम लागु औषध सहित नेपालगन्ज भन्सार जमुनाह नाकाबाट एक जना पक्राउ परेका छन् । लागु औषध सहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुरका उपेन्द्र कुर्मी चौधरीलाई ५० ग्राम लागु औषध सहित ईलाका प्रहरी कार्यालय जमुनाहले प्रक्राउ गरेको हो ।

नेपालगन्ज भन्सारमा चेकजाँचमा खटिएको बेला कुर्मीलाई ५० ग्राम लागुऔषध मोटरसाइकलमा राखेर ल्याउदै गर्दा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय जमुनाह ईन्चार्ज माधव रिजालले बताए । उनका अनुसार दिउँसो साढे २ बजे रुपैडिहाबाट नेपालगन्ज ल्याउदै गरेको अवस्थामा चेकजाँचका क्रममा फेला परेको हो । कुर्मीबाट नौहजार भारतीय रुपैयाँ र १ सयका अमेरिकी डलर २ थान मोवाईल समेत बरामद गरेको जमुनाह प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस