श्रावण २० ,काठमाण्डौं । महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको समय सामाजिक उत्तरदायित्व अन्तर्गत आम सर्वसाधारणमा सहयोग पुर्याएको भन्दै दुलाललाई हिरो अवार्ड प्रदान गरिएको हो ।
अमेरिकाको क्यालिफोर्नियास्थित हामी नेपाली ग्लोबल नामक संस्थाले दुलाललाई सो अवार्ड प्रदान गरेको हो ।कोरोना माहामारीको समय दुलालले करिब ५० घर परिवारलाई आर्थिक सहयोग गरेका थिए । महामारीको समय उनले गरेको सहयोगमा आधारित रहेर दुलाललाई अवार्ड प्रदान गरिएको संस्थाले जनाएको छ ।टेबल टेनिसका पूर्व राष्ट्रिय खेलाडी दुलाल हाल सशत्र प्रहरी बल एपीएफको प्रशिक्षकको रुपमा कार्यरत रहेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद सागमा उनले टेबल टेनिसको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।नेपालले टेबल टेनिसतर्फ १३ औं सागमा ऐतिहासिक सफलता हाल पारेको थियो ।नेपालका पुरुष खेलाडीले ऐतिहासिक कास्य पदक जित्नुका साथै नेपालले टिम ईभेन्ट्समा पहिलो पटक रजत पदक हात पारेको थियो ।