बुडेश कालले घेरेपछि बिमारी हुन्छन,
ति आमा बा कति धेरै दुखारी हुन्छन।
आफ्नो औलाद स्वार्थी भए पछि हेरौँ,
बाच्नलाई पनि त उनै भिकारी हुन्छन।
के मागेकानै थिए तिनी जनम दाताले,
शन्तुष्टसँग मिठो बोले आभारी हुन्छन।
बजारबाट ल्याएको कुकुर बिस्तरा मा,
आमा बा बुढेश कालमा हेलारी हुन्छन।
ए मान्छे देवता भनेर कसलाई पुजछौ,
वास्तबिक देवतानै आँखा पारी हुन्छन।
उ जिउँदा आमा बा लाई अपमान गर्छ,
मरे सी कृयामा पहिले भागिदार हुन्छन
मेरो नजरमा ता त्यस्ता ढोङ्गी छोरा हरु,
सब्भन्दा बडी पापी अत्याचारी हुन्छन।
हुनता महिला हुन घर स्वर्ग बनाउँनेहरु,
कयौँ त नर्क बानाउँने नि बुहारी हुन्छन।
प्रतिक्रिया दिनुहोस