आज मौसम : पुर्वका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित वर्षा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २३, काठमाडौं । आज बिहिबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिम र मध्यका केही स्थानहरुमा र पुर्वका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा संभावना रहेको छ।

यस्तै राती देशका धेरैजसो स्थानहरुमा सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षा हुनसक्छ।

मौसम विश्लेषण (Meteorological Analysis)
मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केही दक्षिण तिर रहेको छ | साथै पूर्वि र मध्य नेपालमा एउटा Deep Depression को असर पनि देखिएको छ। उक्त Deep Depression, हाल उत्तरी ओडिसा तटीय नजिकै उत्तर -पश्चिम बंगालको खाडीमा अवस्थित छ । मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) को औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म( Head of Bay of Bengal) जनाउँछ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status)
हाल देशका अधिकांस स्थानहरुमा आंसिक देखि सामान्य बदली रही पूर्वी भू -भागका थोरै स्थानहरुमा र पश्चिमको १/२ स्थानहरुमा हल्का वर्षा भइरहेको छ । देशको पूर्वी भू-भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय छ।

प्रतिक्रिया दिनुहोस