काँकडभिट्टा- इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्ध (सूचनासहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३ ,काठमाडौँ । विवादमा परेको काँकडभिट्टा–इनरुवा रेलमार्गको निर्माणको ठेक्का रद्द भएको छ । मिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको रेल विभागले सूचना निकालेर जानकारी दिएको हो ।

यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो । यो टेन्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो । तर विवादका बाबजुत पनि टेन्डर प्रक्रियालाई अगाडि बढाउने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस