असिना पानीले स्याउ सखाप

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

भदौ २३ मुगु । हिमाली जिल्ला मुगुमा लगातारको असिना पानीले स्याउ नोक्सान भएको छ । अविरल वर्षा र असिनाले स्याउ खेतीमा क्षति गरेको हो । गत वर्षहरुमा भण्डारण गर्न धौ—धौ पर्ने स्याउ यस वर्ष असिना लगातारको असिना पानीले अधिकांस किसानहरुले लगाएका स्याउमा नोक्सान भएको छ ।

छायानाथ राता नगरपालिका वडा नम्बर ५ का अगुवा कृषक कर्णबहादुर भामले बताउनु भयो । असिना पानीले स्याउमा क्षति पुराएपछि यहाँका किसानहरु विहान बेलुका छाक टार्न धौ—धौ भएको भाम बताउनु हुन्छ । गतवर्ष स्याउबाट ३ देखि ४ लाखसम्म आम्दानि भएको थियो यस वर्ष २० हजार पनि आम्दानी नभएको भामले बताउनु भयो ।

३० वर्षदेनि स्याउ खेति गर्दै आउनु भएका अर्का किसान विष्णुमाया रोकायाले पनि असिना पानीले स्याउमा नोक्सान पुराई दिएपछि चिन्तित हुनुहुन्छ । स्याउ खेतिबाटै जिविका निर्वाह गरिरहनु भएका रोकाया जिविका निर्वाह गर्न समस्या हुने बताउनु हुन्छ । उहाँले भन्नु भयो”– स्याउ बेचेरै गत वर्षहरुमा ५ लाख बढि आम्दानि गरेको थिए । तर अहिले ५ रुपैया पनि भएनन् ।

जिल्ला कृषि विकास कार्यालय मुगुका अनुसार जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिका—९ कालै र सिडि् गाँउमा स्याउ उत्पादन हुन्छन् ।

त्यस्तै छायानाथ रारा नगरपालिकाका ताल्च , बाम , रोवा , शोभा , लगायत अन्य ठाउँमा स्याउको पकेट क्षेत्र मानिन्छ । तर यस पटक भने स्याउको पकेट क्षेत्रमै राम्रोसँग स्याउ उत्पादन नभएको जिल्ला कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख पञ्चलाल बुढाले बताउनु भयो । असिना पानीले स्याउ बारीमा क्षेति पु¥याए पछि किसान चिन्तित भएका छन् । उहाँले भन्नु भयो”– गतवर्ष स्याउ खेतिबाट मुगुका किसानले राम्रो आम्दानि गरेका थिए ।

यस पटक किसानले सोचेको जस्तो आम्दानि नभएको बुढाको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस