भारतीय विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति मुख्यमन्त्री पोखरेलको कडा आपत्ति

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २६ , काठमाडौँ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतका विदेशमन्त्री एस जयशंकरको वुद्धका बारेमा दिएको अभिव्यक्ति प्रति कडा रुपमा खण्डन गर्नुभएको छ ।

केही दिन अघि भारतीय विदेशमन्त्री शंकरले बुद्ध भारतमा जन्मिएका साथै भारतीय भएको अभिव्यक्ति दिएका थिए । उक्त कुरालाई कडा रुपमा खण्डन गर्दै मुख्यमन्त्री पोखरेलले बुद्ध नेपालमा जन्मेका हुन भन्ने विश्व समुदाय नै जानकार रहेको उल्लेख गर्नुभयो ।

भारतले नेपालको धर्म, संस्कृति, रीतिरिवाज, परम्परालगायतका क्षेत्रहरुमा पटक पटक आक्रमण गर्ने गरेको छ । यसै क्रममा बुद्धलाई भारतीयकरण गर्न खोज्नु खेदजनक रहेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘वुद्धलाई भारतीयकरण गर्ने भारतका विदेशमन्त्री एस।जयशंकरको कोशिस खेदजनक छ । वुद्धको जन्मस्थल लुम्विनी विश्व समुदायमा सर्वस्विकार्य छ ।’

प्रतिक्रिया दिनुहोस