अमेरिका, युरोप र चीनबीचको सम्बन्धमा संकट

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २७ ,एजेन्सी । विश्वले संयुक्त राज्य, युरोप र चीनकोबीचमा सम्बन्धमा आएको अनौंठो परिवर्तनको सामना गरिरहेको छ । जसलाई कोभिड(१९ को संकटकले थप चर्काएको युरोपियन थिंक ट्यांकहरुले बताएका छन् । ट्रान्साटलान्टिक सम्बन्धमा पनि तनाव बढ्दै गएका बेलामा चीनको आक्रामक पार्टी(राज्यु ुवुल्फ वारियरु कूटनीति, मर्केंटिली व्यापारिक व्यवहार, र आन्तरिक सामाजिक दमनलाई तीव्र बनाउने जस्ता थुप्रै क्षेत्रहरु फराकिलो बनाएको विज्ञहरुले बताएका छन् ।

 

यी प्रवृत्तिले अमेरिकी र युरोपेली धारणा र चीनसँग अन्तर्क्रियामा उल्लेखनीय परिवर्तन आएको जनाइएको छ । अमेरिका(चीन सम्बन्धमा एसिया सोसाइटी सेन्टर, बर्टेलस्मेन स्टिफ्टुङ र जर्ज वाशिङटन विश्वविद्यालयको चिनियाँ नीति कार्यक्रमले अमेरिक र युरोपेली दृष्टिकोण, र चीनसँगको सम्बन्धमा आएको परिवर्तनको विषयमा संयुक्त रुपमा रिपोर्ट सार्वजनिक गरेको छ ।

उक्त रिपोर्टका अनुसार चीनसँग सम्झौता गर्नु एक निकै चुनौतीपूर्ण काम भएको जनाइएको छ । व्यापार र लानीका क्षेत्रको चासो, चिनियाँ प्रविधिको चुनौती, बीआरआई, चीनमा मानवअधिकार उल्लंघन, चीन र विश्वव्यापी शासन, सुरक्षा क्षेत्रमा चुनौती रहेको उक्त प्रतिवेदनले जनाएको छ । ट्रम्प प्रशासनमा विश्वसनीयतामाथि प्रश्‍न उठाउँदै युरोपियनहरुले चीनसँग सम्बन्ध बढाएको र चीनले थप समस्या सिर्जना गरेको छ । अमेरिका(चीन सम्बन्धमा पनि अविश्वास पैदा भएको र चीनले जासुसी गर्ने गरेको पाइएको छ ।

अमेरिकाले पनि आफू शक्तिशाली भएको दम्भका कारण अन्य मुलुकहरुमाथि अनावश्यक दबाब सिर्जना गर्ने गरेकोकारण युरोप, अमेरिका र चीन सम्बन्धमा संकट पैदा भएको हो ।

प्रतिक्रिया दिनुहोस