प्रथम माडी गाउँपालिका अध्यक्ष कप तथा शैक्षिक मेला सन्चालन हुने

कार्यक्रम  आगामी  फागुन १३ गतेबाट १६ गते सम्म  सन्चालन हुने
Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 माघ २६,रोल्पा । पश्चिम रोल्पाको केन्द्र माडी गाउँपालिका घर्तिगाउमा प्रथम माडी गाउपालिका अध्यक्ष कप तथा शैक्षिक मेला २०७६ सन्चालन हुने भएको छ ।

कार्यक्र लाई संचालन गर्न माडी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भरत बहादुर बुढा मगरको संयोजकत्वमा ९ सदस्यीय मुल आयोजक समिती गठन गरिएको छ । प्रथम अध्यक्ष कपमा महिला पुरुस भलिबल प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, रनिङ महिला , पुरुष१५०० मिटर र ब्यटमेन्टन पुरुष गरि ५ वटा खेल खेलाईने छ ।

शैक्षिक मेला तर्फ गाउपालिकामा रहेका ३३ वटा बिधालयबाट शिक्षक बिद्यार्थीले निर्माण गरेका विभिन्न शैक्षिक सामाग्रीहरुको स्थलगत प्रदर्शनी गर्नुका साथै शिक्षक बिद्यार्थी बिच विभिन्न प्रतियोगिता समेत गराईने छ।

कार्यक्रममा रास्ट्रीय ख्याती प्राप्त कलाकारहरुबाट बेजोड प्रस्तुती हुने छ भने स्थानिय सास्कृतिक झाकीहरुको पनि ब्यापक प्रदर्शन गराईने  ।  कार्यक्रम  आगामी  फागुन १३ गतेबाट १६ गते सम्म  सन्चालन हुने कार्यक्रम संयोजक बुढाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस