कोरोनाबाट धुलिखेल अस्पतालमा निधन

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २० , काभ्रे । महोत्तरी बर्दिवास घर भई धुलिखेल अस्पतालमा उपचार गराईरहेका एक बृद्धको निधन भएको छ । विहान ६:३० बजे उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले ७६ बर्षीय बृद्धको कोरोना संक्मणका कारण निधन भएको बताए ।

यस अघि धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी सुत्केरी महिलाको नेपालमै पहिलो पटक कोरोनाका कारण निधन भएको थियो भने धुलिखेलका ९८ वर्षीय वृद्दको निधन भएको थियो । भक्तपुर सुर्यविनायक घर भएकी महिलाको पनि कोरोनाकै कारण धुलिखेल अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस