काठ बिक्री तथा आसोरपसारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, सुनसरी । काठ बिक्री तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका-६ बस्ने ३७ वर्षीय अनिल सुब्बा र सोही ठाउँ बस्ने ४६ वर्षीय ध्रुब प्रसाद गुप्ता रहेका छन् ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका-१ नयाँ कोशी पुलस्थित सडकमा को.१ ख ६९७४ नम्बरको मिनी टिपर रोक्न खोज्दा चालक फरार भएपश्चात टिपर जाँच गर्दा सखुवा जातका ६७ दशमलव २८ क्यूबिक फिट काठ प्रहरीले बरामद गरी उक्त टिपर नियन्त्रणमा लिएको हो । थप अनुसन्धान गर्ने क्रममा उक्त काठ बिक्री गर्ने सुब्बा तथा ओसारपसारमा संलग्न गुप्तालाई पक्राउ परेका गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

हाल फरार रहेका टिपर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस