बराह ज्वेल्लरी इण्डस्ट्रिज प्रा लि को कृषि परियोजना अवलोकन तथा धान रोपाई कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

असार २४ , सुनसरी । बराह ज्वेल्लरी इण्डस्ट्रिज प्रा लि को २४ औ बर्ष सफल यात्रा पुरा गरी २५ औ बर्षमा प्रवेश गरेको सुखद अवसरमा व्यबसायिक उत्सव एवम भिजिट नेपाल २०२० को नारा लाई सफल बनाउन मोेरङको ग्रामथान–५ तेतरियामा बराह कृषि उपज तथा पशुपालन परियोजना अवलोकन तथा धान रोपाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बो ले प्रदेश १ को पहिलो प्राथमिकता कृषि नै रहेको बताउदै आर्गनिक कृषि क्षेत्र मा सरकारको जोड रहेको भन्दै व्याबसायिक घरना सँग सहकार्य गरेर, आबस्यक परे आर्थिक अनुदान सम्म दिएर भए पनि कृषिमा सहकार्य गर्ने योजना रहेको बताउनुभयो । बर्तमान कृषि पद्दतिमा आधुनिकरण गरेर,अगी बढ्नु को विकल्प नरहेको बताउदै बिदेश बाट खाद्यान्न आयत गर्ने समान घटाउन सरकार लागि परेको बताउनु भयो । मन्त्री ले प्रदेश १ को हरेक नाका मा बिसादी परिक्षण गर्ने ल्याब राख्ने योजना रहेको सुनाउदै उहाले ,कृषि पेसा लाई मर्यादित गर्न ,सबै शिक्षित व्यक्ती हरु अगाडि बढ्नु पर्ने मा जोड दिनु भयो ।

कृषि क्षेत्र मा पनि आफ्नो ब्यबसायिक यात्रा सुरु गरेको बराह ले ४ करोड रूपैयाँ भन्दा बढीको लगानीमा प्रदेश १ मोेरङको ग्रामथान–५ तेतरियामा शुरू गरेको बराह कृषि उपज तथा पशुपालन परियोजनाले गति लिन थालेको छ । गत वर्ष प्रदेश १ नं. का मुख्यमन्त्री शेरधन राईले परियोजनाको उद्घाटन गर्नु भएको थियो । साढे चार बिगाहा क्षेत्रफलमा सो परियोजना सञ्चालित भएपनि यस वर्ष बढेर ६ बिगाहा १४ कट्ठामा परियोजना सञ्चालित रहेको छ ।

उक्त कार्यक्रम बोल्दै बिशेष अतिथी तथा बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछानेले परम्परागत कृषि क्षेत्रलाई परिस्क्रित गरी युवा हरु लाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको बताउदै बाह्य आय लाई काम गर्दै स्थानिय उत्पादन लाई जोड दिनु पर्ने बताउनु भयो । सरकार ले नेपाल भ्रमण् बर्ष मनाउने योजना बनाइ रहदा यहाँ को कृषि फार्म ले स्थानिय तथा बाह्य पर्यटक लाई पनि आकर्सित गर्नेमा आफु ढुक्क रहेको लामिछने ले बताउनु भयो । कार्यक्रममा प्रदेश सांसद् उमिता बराइलि बि क ,बिना राई, सावित्री श्रेष्ठ , जोशी , गाउँपालिका उपाध्यक्ष कुलकुमारी चौधरी, महिला सञ्जाल धरानकी अध्यक्ष सविता राई, पत्रकार महासंघका उपाध्यक्ष सन्तोष काफ्ले लगायतले मन्तव्य राख्नु भएको थियो ।

नुन देखी सुन सम्म भन्ने नारा लाई अगाडि लिएर बिगत २५ बर्ष अगाडि देखी मुख्य व्यबसाय सुन चादि का गरगहना खरिद बिक्री भए पनि पछील्लो समय बराह ज्वेलरी इण्डस्ट्रिज प्रा लि ले बिभिन्न क्षेत्रमा आफ्नो सेवा बिस्तार गर्दै आएको छ । पछील्लो समय भने यसमा कृषिसँगै पशुपालनलाई पनि जोड दिइएको छ । कृषि परियोजनाले कृषि खेतीका साथै माछा, कुखुरा, गाई तथा उन्नत जातका घाँसको उत्पादनलाई प्राथमिकता दिएको छ । बराह ग्रुप अन्तर्गत बराह ज्वेल्लरी इण्डस्ट्रिज प्रा लि को २४ औ बर्ष सफल यात्रा पुरा गरी २५ औ बर्षमा प्रवेश गरेको सुखद अवसरमा व्यबसायिक उत्सव एवम भिजिट नेपाल २०२० को नारा लाई सफल बनाउन व्यबसाय बिस्तार गर्ने क्रममा मोेरङको ग्रामथान–५ तेतरियामा शुरू गरेको बराह कृषि उपज तथा पशुपालन परियोजना तथा कृषिका बिबिध परियोजनाहरु सन्चालन गरेको सोमबार आयोजित कार्यक्रम मा बोल्दै बराह कृषि उपज तथा पशुपालन प्रा लि का अध्यक्ष मान बहादुर विश्वाकर्मा दियाली ले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस