कोरियामा प्लाज्मा दान अभियान

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भाद्र २२, एजेन्सी । दक्षिण कोरिया सरकारले कोरोना संक्रमण निको भएका व्यक्तिलाई प्लाज्मा दान गरी सहयोग गर्न अपिल गरेको छ । सरकारले सोमबार प्लाज्मा दान गर्न सहजताकालागि देश भर ४६ ओटा स्थानमा प्लाज्मा दान केन्द्र स्थापना गरेको छ।

कोरोना संक्रमण भई निको भएका व्यक्तिको प्लाज्माबाट संक्रमितको उपचारमा प्रभावकारी देखिएपछि यस्तो अभियान सुरु गरिएको सरकारको भनाई छ । सउल महानगर भित्र २१ स्थानमा रहेका रेडक्रस केन्द्रमा प्लाज्मा दान गर्न सकिनेगरी व्यवस्था गरिएको छ । त्यस्तै राजधानी बाहिर २५ स्थानमा प्लाज्मा दान गर्न सकिने केन्द्र तोकिएको छ । सोहि अभियान अन्तर्गत कोरियामा पहिलो चरणको कोरोना संक्रमण महामारी फैलिएको केन्द्र सिञ्छन्जी चर्चका १६ सय भन्दा बढी सदस्यले आईतवार प्लाज्मा दान गरेका छन् ।

कोरोना संक्रमण भई निको भएका १६ सय ४५ जना सदस्यले उपचाररत संक्रमितकालागि प्लाज्मा दान गरेको चर्चलाई उद्धृत गर्दै कोरियाली संचारमाध्यमले जनाएका छन् । सिञ्छन्जी कोरियामा हाल सम्म सबै भन्दा ठुलो सामुहिक संक्रमणको केन्द्र हो । चर्चमा आवद्ध ४ हजार ५ सय जना सदस्य भाईरसबाट संक्रमित भएको सरकारी तथ्याङ्क छ।

दक्षिण कोरियामा हाल सम्म कोरोना संक्रमितको संख्या २१ हजार १ सय ७७ पुगेको छ । संक्रमणकै कारण ३ सय ३४ जनाले ज्यान गुमाएका छन् भने १६ हजार १ सय ४६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस