देशभरि डेंगुको आतंक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३ काठमाडौं । देशभर डेंगुको प्रकोप फैलिएको समाचार आइरहेका बेला सरकारले डेंगुको संक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भएको जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त आधिकारिक जानकारी अनुसार चार जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । ती चारको पनि डेंगुबाटै हो वा होइन भन्ने अझै परीक्षण भइरहेको श्रेष्ठले बताए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले देशभर करीब २ हजार ६ सय बिरामीमा डेंगुको संक्रमण आशंका गरिएको छ ।

तीमध्ये सबैभन्दा बढी प्रदेश ३ मा करीब ११ सय जना छन् । त्यस्तै, प्रदेश १ का ७५३ मा डेंगुको आशंका गरिएकोप्रदेश २ मा २३, गण्डकी प्रदेशमा ५७२, प्रदेश ५ मा १०५, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेंगुको संक्रमण देखिएको छ । यो तथ्यांक सरकारी अस्पतालमा भर्ना भएका बिरामीहरूको मात्र हो ।

प्रतिक्रिया दिनुहोस