क्रिस्टियानो रोनाल्डोको १०० गोल पूरा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४,एजेन्सी । पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् ।उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । रोनाल्डोकै दुई गोल मद्दतमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २-० ले पराजित गरेको हो ।

सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट उनी ८ गोल मात्र टाढा छन् ।

प्रतिक्रिया दिनुहोस