राजस्थानको कीर्तिमानी जित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ ।

गएराति यूएईको सारजहा मैदानमा भएको खेलमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेर जित हासिल गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । आईपीएलको इतिहासमा कुनै पनि टोलीले लक्ष्य पूरा गरेको यो सर्वाधिक योगफल हो । राजस्थानको जितमा सन्जु सामसन, कप्तान स्टिभ स्मिथ, राहुल टेवटियाले अर्धशतकीय पारी खेले । उनले १८ औं ओभरमा पन्जाबका कोट्रेलको बलमा एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए । जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस