गृहमन्त्री रामबहादुर थापा बादल आज स्वदेश फर्किए

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 पौष , २५काठमाडौँ । चीन भ्रमण पूरा गरी गृहमन्त्री रामबहादुर थापा बादल आज स्वदेश फर्किएका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा ६ दिने चीन भ्रमणका क्रममा उनी २० पुसमा बेइजिङ पुगेका थिए ।

भ्रमणका क्रममा थापालको चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग भेटघाट भएको थियो ।

मन्त्री थापाको टोलीमा मन्त्री थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत थिए ।

प्रतिक्रिया दिनुहोस