Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

दैलेख । कर्णाली प्रदेशमा पर्ने प्राकृतिक स्रोत साधनले भरिपूर्ण पहाडी जिल्ला दैलख निकै सुन्दर छ । जाडो महिनाभर हुस्सुले ढाकिएको दैलख केहि दिन अघिको वर्षा र हिमपात पछि छर्लङग खुलेको छ । सदरमुकाम र आसपासमा बस्ती तथा डाँडाकाँडा मनमोहक देखिएका छन् ।

सदरमुकामबाट खिचिएको तस्विरमा दैलेख निकै लोभलाग्दो देखिएको छ । यतिखेर सदरमुकाम पुग्ने जो कोहिलाई पक्कै लाग्नेछ, आहा कति सुन्दर दैलेख ।

दैलेखमा विभिन्न जात जातिको उद्गम स्थल, नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, र परिचित धार्मिकस्थल शिरिस्थानमा वर्षौंदेखि बलिरहेको ज्वाला लगायतका दर्जनौं पर्यटकीय महत्वका स्थल छन् । तीं पर्यटकीयस्थलको उचित प्रचार–प्रसार हुन सकेको छैन । तर यतिबेल दैलख पर्यटकको व्यग्र प्रतिक्षामा रहेको देखिन्छ ।

तस्बिरः हिक्मतबहादुर नेपाली, (दुल्लु)/रासस

प्रतिक्रिया दिनुहोस