दुल्लुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Khabar24Nepal Author Logo..
भावना हमाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, दैलेख । बार्षिक उत्सवको अवसर पारेर दैलेख जिल्लाको दुल्लुमा अवस्थित आसाराम हस्पिटल प्रा. ली ले दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा बालरोग विशेष डाक्टर प्रदिप पौडेल र फिजिसियन डाक्टर संजीव भण्डारीले निःशुल्क स्वास्थ्य जाँच सेवा प्रदान गरेका छन् ।

शिविरमा मधुमेह, सुगर जाचँ, आवश्यक औषधि , नाम दर्ता र डाक्टर सेवा निःशुल्क गरिएको थियो । प्रयोगशाला , भिडियो एक्सरे र डिजिटल एक्सरे सेवामा ३० प्रतिशत छुट दिइएको र हस्पिटलले प्रदान गरेका सेवा सुविधा बारेमा शिविरमा जानकारी गराइएको थियो ।

 

शिविर आइतबार र सोमबार सञ्चालन हुने बताइएको छ । आफनो हजुर बुवा आसाराम जैसीको संम्झनामा खोलिएको अस्पताल भएको र अस्पतालले वार्षिक उत्सवको अवसरमा असहाए, गरीब, दु.खिलाई निःशुल्क सेवा प्रदान गरेको आसाराम हस्पिटलका प्रबन्ध निर्देशक कपिल खनालले जानकारी दिए ।

पढाइमा इन्जिनियर पास गरेका कपिल खनाल आहिले हस्पिटल खोलेर समाज सेवामा लागेका छन् । समाज सेवामा आपmनो रुचि भएपछि अस्पताल खोलेर दुखी र गरिबहरूको सेवामा लागेको उनले बताए ।
शिविरमा आईतबार मात्र करिब दुईसय जनाले स्वस्थ सेवा प्राप्त गरेको कुरा आसाराम हस्पिटलकी अध्यक्ष कोपिलादेवी धमला खनालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस