मौसम गुरुङको दशैतिहार गित ‘बस पर्खेर’सार्वजनिक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५,काठमाडौँ । लोकप्रिय गायक तथा सर्जक मौसम गुरुङको दशैतिहार गित ‘बस पर्खेर’ भखरै रिलिज भएको छ ।

गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा रहेको गीतमा लय शब्द सृर्जना भने सर्जक ओम छिनालको रहेको छ । यो गीतको शव्द पनि उत्तिकै मर्मस्पर्शि छ ।

काजिश श्रेष्ठले निर्देशन गरेका यो भिडियोमा सुपर स्टार गायक मोडेल दुर्गेश थापा, सुस्मिता थापा मगर र बाल कलाकार यशस्वि देबकोटाको अभिनय रहेको छ भने सुरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियो दिपक विष्टले सम्पादन गरेका छन् ।

गायक गुरुङको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोले बिदेशिएका नेपाली दाजुभाइको मन मात्र छुने छैन भिडियो हेरेपछि एक पटक आखाभरि आशु लिन बाध्य बनाउने छ । बिदेशिएका दाजुभाइहरुको यसपालिको दशैमा आफु जन्मेको माटो र बाटो यो भिडियोले झनै मिस भएको महशुस गराउने छ ।

उक्त गीतको म्युजिक भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस